‘स:शुल्क पढेका डाक्टरले पनि सरकारले तोकेको ठाँउमा गएर सेवा दिनुपर्ने’

doctor1काठमाडौँ ४ मंसिर –सरकारले निजी खर्चमा पढेका चिकित्सकलाई पनि निश्चित समय सरकारले तोकेको ठाँउमा गएर काम गर्नुपर्ने योजना बनाउने तयारी गरेको छ । अहिलेसम्म छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मात्रै पढाई सकेपछि दुई बर्ष सरकारले खटाएको ठाँउमा गएर काम गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

स्वास्थ्य मन्त्री गगन थापाले निजी खर्चमा पढका चिकित्सकलाई पनि अध्ययन सकेपछि कम्तीमा एक बर्ष सरकारले खटाएको ठाँउमा पठाउन सके दुर्गमस्थानमा हुने चिकित्सकको अभाव हटने भन्दै त्यो योजनामा आफू रहेको बताए । मन्त्री थापाले त्यसका लागि नेपाल मेडिकल काउन्सिलसंग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

शुक्रबार राजधानीमा सम्पन्न राष्ट्रिय प्रगति समीक्षा गोष्ठीलाई सम्वोधन गर्ने क्रममा मन्त्री थापाले थापाले निजी खर्चमा अध्ययन सकेका एमबीबीएस डाक्टरलाई कम्तीमा एक बर्ष सरकारले आवश्यक ठाँउमा खटाउन सके चिकित्सक अभाव भन्ने समस्या तत्कालै अन्त्य हुने भन्दै त्यसका लागि कानून कसरी बनाउने भन्नेमा मन्त्रालयले सरोकारवाला पक्षसंग छलफल गरेको बताए ।

‘छात्रबृत्तिको डाक्टरहरुलाई खटाइएको छ । कागजमा हेर्दा ठिकै छ तर स्थलगत रुपमा अझ पनि कतिपय ठाँउमा पुगेका रहेनछन् । त्यसैले निजी खर्चमा पढेका डाक्टरलाई पनि खटाउने व्यवस्था अघि सार्ने योजना बनाउँदै छु तर त्यो भन्दा अघि मेडिकल काउन्सिलसंग छलफल गर्नुपर्ने हुन्छ,’ मन्त्री थापाले भने ।

उनले आफ्नो यो योजनाले सशुल्क पढेका डाक्टरलाई पनि राष्ट्रप्रतिको कर्तव्यमा समाहित आभास हुने र जनताले राहत पाउने भन्दै यसले चिकित्सक, जनता र सरकार तिनै पक्षलाई फाइदा हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘स:शुल्क पढेका डाक्टरले पनि सरकारले तोकेको ठाँउमा गएर सेवा दिनुपर्ने’

  1. Waahiyaat kura….
    Paaila hamro salary pani Gagan Thapa ji le khaane jati banaaunus na mantri ji…
    Hamile haad ghoteera 30 barsa ko age samma padera job garda salary kati cha tyo bichar garnu vaako6…?
    MBBS padna lai aaile 70 lakhs laag6 tapaaile ki ta saab lai free ma matra padna paaune rule lyaaunus natra ta padeko kharchaa uthaauna nai 20 barsa lagne condition cha…
    Testo rule lyaaunu aagadi politicians haaru le election ko bela vote magne bela ma boleko kura napuryaye aarko palta election ma uthna napaaune rule lyaayera dekhaaunus na…
    ki daar laag6 testo rule lyaauna tapai lai ni hummm…?
    Aafu thaau ma puge pachi aaru lai matra pelnu par6 vanne soch badalnu paryo mantri jii…..
    Euta Doctor banna lai DM garera vyaauda 14 yrs ta +2 pachi matra haad ghotera padnu par6 vanne kura tapaai lai thaa pani cha ki chaaina kunni…?
    Teti bela samma tapai haaru jasta politicians haaru le aarbaau paisaa kamaai saknu hun6…haami chaai DM vyaaula ra 1/1.5 lakhs paaisa kamaauna paayin6 ki vanera kurera basnu par6..

Leave a Reply

Your email address will not be published. Required fields are marked *