निजी अस्पताल सञ्चालकहरुको संस्था ‘अफिन’को अध्यक्ष पुन : बसन्त चौधरी हुने निश्चित

बसन्त चौधरी
बसन्त चौधरी

काठमाडौँ, २ मंसिर – निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टीच्युसन नेपाल (अफिन) अध्यक्षमा बसन्त चौधरी हुने निश्चित भएको छ । नर्भिक अस्पतालका सञ्चालक चौधरी अहिले पनि अध्यक्ष छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा अल्का अस्पतालका सञ्चालक कुमार थापा दोहोरिने निश्चित भएको छ ।

बुधबार बसेको कार्यसमितिको बैठकले आउदो कार्यकालका लागि अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा पुरानैलाई दोहोरयाउने सहमति गरेको हो । अफिनको नयाँ कार्यसमितिका लागि शुक्रबारदेखि राजधानीमा १९ औँ बार्षिक साधारण सभा सुरु हुँदैछ ।

यसपटक अध्यक्ष चौधरीसंगै बरिष्ठ उपाध्यक्ष कुमार थापाले समेत अध्यक्षमा दावी गरेका थिए । तर बुधबारको बैठकले सर्वसम्मती रुपमा चौधरीलाई नै दोस्रो कार्यकाल नेतृत्व गर्न दिने निर्णय गरेको हो । त्यस्तै अध्यक्षका आकांक्षी बनेका थापालाई बरिष्ठ उपाध्यक्षमा दोहोरिन आग्रह गरेको थियो ।

‘सबैले आग्रह गरेपछि मैले विरोध जनाउने कुरै देखिन । मैले बरिष्ठ उपाध्यक्षमा बस्न राजी भएपछि हाम्रा अध्यक्ष ज्यूलाई पुन दोहोरयाउने सहमति भयो,’ नेपाली हेल्थसंग थापाले भने ।

अफिनको शुक्रबार उदघाटन सत्र भएपनि निर्वाचन कार्यतालिक भने शनिबार मात्रै छ । अध्यक्ष बरिष्ठ उपाध्यक्षमा सहमति भएपनि अन्यपदहरुमा सहमति भइसकेको छैन् । ‘हामी सहमतिकै प्रयासमा लागेका छौँ,’ महासचिव गोपी न्यौपानेलेअगाडी भने, ‘पर्सीसम्म अन्य पदमा पनि सहमति होला ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *