गगन थापाको प्रश्न, ‘कर्मचारीको काम गर्ने शैली कहिले फेरिन्छ ?’

gagan-thapa

काठमाडौँ, १ मंसिर – स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो निर्देशन पछि पनि कर्मचारीतन्त्रमा काम गर्ने शैली नफेरिएको आरोप लगाएका छन् । उनले कर्मचारीको पुरानैशैलीका कारण स्वास्थ्यमा आफूले चाहेजस्तो उपलव्धी नदेखिएको भन्दै कार्यशैलीबारे सोच्नुपर्ने बेला आएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको आज देखि राजधानीमा सुरु बार्षिक समिक्षा गोष्ठीको उद्घाटन गर्ने क्रममा उनले नयाँ योजना र कार्यविधिहरु ल्याउन नसकेको र गुनासा मात्रै हावी भएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘अहिले पनि हामी यो भएन त्यो भएन, पाइएन र सकिएन मात्रै भन्ने गरेका छौँ तर किन भएन, के भए हुन्थ्यो, कसरी सकिएन के भए सकिन्थ्यो भन्ने कुरा नै आएन । यो पुरानै शैली भयो । अहिलेसम्म पनि तपाईँहरुले शैली बदल्न सक्नुभएन’ मन्त्री थापाले भने ।

उनले  सोच्ने तरिका, काम गर्ने तरिकामा परिवर्तन नगर्ने तर परिणाममा परिवर्तन खोज्ने अनौठो बानी रहेको भन्दै यसले स्वास्थ्य जहाँको तही रहने बताए । उनले यसअघिका क्षेत्रीय समिक्षा गोष्टीमा जे कुरा आएको थियो । केन्द्रीय गोष्टीमा पनि उही आएको भन्दै यसलाई परिर्वतन गर्न सुझाव दिए ।

मन्त्री भए देखिनै सय दिने कार्ययोजना अघि सारेका मन्त्री थापाले एक महिना पछि नै कर्मचारी सरुवामा हात हालेका थिए । समूह र पद्धती भन्दा पनि सकेसम्म नजिकका व्यक्तिलाई आकर्षक स्थानमा सरुवा गरेका मन्त्री थापाले अहिले कार्ययोजना अनुसार काम खोज्नु नै हास्यास्पद भएको एक कर्मचारीले बताए ।

‘मन्त्री ज्यूले कम्तीमा तीन महिना पर्खनुपथ्र्यो । योजना लिएको एक महिना पछि यता र उता बनाइदिनुभयो । अहिले पनि कतिपय ठाँउमा सरुवा हुँदैछ भन्ने हल्ला फैलाइएको छ । यस्तो अवस्थामा कसरी काम हुन्छ ? एक ठाँउको अर्को ठाँउमा पुरयाइदिएपछि सबै नयाँ हुन्छ । त्यसैले काम हुन सकेको छैन् ,’ उनले भने ।

यद्धपी मन्त्री थापाले आफू जनताले देखिने गरी नतिजा दिने पक्षमा रहेको पटक पटक दोहोरयाए । ‘म अव काम गर्ने शैली नै परिर्वतन गर्छु तपाईँहरु जे सुकै भन्नुस । यसरी पटक्कै भएन,’ उनले भने ।

कार्यक्रममा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले कार्ययोजना कसरी सफल बनाउने भन्नेबारेमा समिक्षा केन्द्रीत हुनुपर्ने बताए । स्वास्थ्य विभागका महानिर्देशक डा पुष्पा चौधरीले वर्तमान अवस्था र भावी योजना बारेमा प्रस्तुति गरेकी थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *