लोकसेवाले आन्तरिक प्रतिस्पर्धाबाट नवौँ तहमा बढुवा हुने डाक्टर भेटाएन, खुल्लामा भने तीन जनाले निकाले नाम ( सूची सहित)

doctor1काठमाडौँ, ३० कात्तिक – विभिन्न समूहका चिकित्सकहरुलाई रिक्त रहेको नवौँ तहमा आन्तरिक प्रतिस्पर्धाबाट छनौट गर्ने लोक सेवा आयोगको योजना फेल भएको छ । रिक्त पदका लागि मागिएको दरखास्त भर्न चिकित्सक नगएपछि लोकसेवा आयोगको योजना फेल भएको हो ।

मंगलबार लिखित परीक्षाको नतिजा प्रकाशित गर्ने क्रममा आयोगले विभिन्न समूहमा एउटा पनि दरखास्त नपरेर छनौट हुन नसकेको सूचना जारी गरेको छ ।

आयोगले कन्सलटेन्ट न्युरोलोजिष्टमा समूहमा २, कन्सलटेन्ट ट्रपिकल मेडिसिनमा समूहमा १, कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट समूहमा १ र फरेन्सिक मेडिसिन अधिकृतमा समूहमा १ गरी पाँच जना चिकित्सकलाई नवौँ तहमा बढुवा हुने अवसर दिएको थियो । तर समय अवधी भित्र एक जनाको पनि दरखास्त परेन ।

सोही तहमा खुल्ला प्रतिस्पर्धाबाट मागिएको कन्सलटेन्ट न्युरोलोजोजिष्ट, कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट र फरेन्सिक मेडिसिन अधिकृत पदमा मागिएको एक एक जनाका लागि भने एक एक जनाले दरखास्त हालेर नाम समेत निकालेका छन् ।

को को छनौट भए हेरौँ :

कन्सलटेन्ट न्युरोलोजिष्ट (खुल्ला प्रतिस्पर्धा)

neurologi

कन्सलटेन्ट मेडिकल अंकोलोजिष्ट  (खुल्ला प्रतिस्पर्धा)

ankologi

फरेन्सिक मेडिसिन अधिकृत  (खुल्ला प्रतिस्पर्धा)

pharencik

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *