आइओएमका नवनियुक्त डिन प्राडा केपी सिंहले पद बहाली गर्दै

प्राडा केपी सिंह
प्राडा केपी सिंह

काठमाडौँ, २८ कात्तिक – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान( आइओएम)का नव नियुक्त डिन प्राडा केशवप्रसाद (केपी) सिंहले केही बेरमा आइओएमको कार्यकक्षमा पद बहाली गर्दै छन् ।

उनलाई स्वागत गर्न त्रिबिका प्राध्यापक संघका बिभिन्न समूहका पदाधिकारीहरु  पर्खेर बसेका छन् ।

प्राडा सिंह नियुक्ति भएसंगै डिन कार्यालयमा डेढमहिना देखि लगाएको ताला पनि त्रिबिका प्राध्यापकहरुले खोलिदिएका छन् ।

डा. गोविन्द केसीले प्राडा केपी सिंहलाई डीन नमान्ने र प्राडा जगदीश अग्रवाललाई नै डिन बनाउनु पर्ने भन्दै उनले ४ बजेबाट अनसन सुरु गर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *