डा. केसी भन्छन्, ‘प्राडा अग्रवाललाई डीन नबनाए ३ बजेबाट अनसन सुरु हुन्छ’

dr kc

काडमाडौँ, २८ कात्तिक – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले प्राडा केपी सिंहलाई डीन नमान्ने बताएका छन् । उनले आज दिउसो २ बजेसम्म प्राडा जगदीश अग्रवाललाई डीन नबनाए ३ बजेबाट अनसन सुरु गर्ने बताएका छन् ।

नेपाली हेल्थसंग कुरा गर्दै डा केसीले आफ्नो बरिष्ठताको आधार यथावत रहेको भन्दै सबैभन्दा बरिष्ठलाई डीन बनाउनुपर्ने आफ्नो माग जारी रहेको बताए । तपाईँ प्राडा अग्रवाललाई नै डीन बनाउनुपर्छ भन्नेमा हुनुहुन्छ रे नि भन्ने प्रश्नमा डा केसीले बरिष्ठताको पहिलो नम्बरमा अग्रवाल नै रहेकोले उनी नै हुनपर्छ भन्नेमा आफू लागेको स्पष्ट पारे ।

अग्रवाल भन्दा बरिष्ठ त प्राडा अरुण सायमी होइन र ? भन्ने प्रश्नमा डा केसीले सायमीको डीन बन्ने हैसियत नभएको र नमिल्ने बताए । ‘उनी पार्टीका बफादार र मेडिकल माफियाका नजिकका मान्छे हुन, विभिन्न केसमा उनी परेका व्यक्ति हुन् र उनलाई हटाउन हामी विगत देखिनै आन्दोलित थियौँ । त्यसैले त्यो मान्ने हुँदैन,’ डा केसीले भने ।

तर प्राडा अग्रवाल पनि गतवर्ष गण्डकी मेडिकल कलेजमा सम्वन्धन दिने केशमा विवादित देखिन्छन् । अख्तियारले उनीमाथि कारबाही गर्न त्रिविलाई निर्देशन दिएपछि अग्रवाल सहितको टोलीले सर्वोच्चमा मुद्धा दायर गरेको थियो । सो मुद्धा अहिलेपनि विचाराधिन छ ।

डा. केसीले सिंहलाई नियुक्त गर्ने बेलामा पदाधिकारीहरुले आफूलाई हिजो बेलुका फोन गरेको र त्यतिवेलै आफूले नमान्ने बताएको भन्दै निर्णय नसच्याए दिउसो तीन बजेबाट अनसन सुरु गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *