प्राडा ज्योति शर्मा भन्छिन्, ‘डीन बन्ने दौडमा लाग्दिन, अवसर आए भाग्दिन’

- प्राडा ज्योति शर्मा
– प्राडा ज्योति शर्मा

काठमाडौँ, २६ कात्तिक – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमकी बरिष्ठ प्राध्यापक डाक्टर ज्योति शर्माले डीन बन्ने दौडमा आफू नलागेको बताएकी छन् । यद्धपी उनले सर्वसम्मत निर्णय भई जिम्मेबारी सम्हाल्ने अवसर आएमा पछि नहटने स्पष्ट पारेकी छन् ।

पटक पटक अनसन बसेका प्राडा गोविन्द केसीले रिक्त डीन नियुक्त गर्न त्रिविलाई एक दिने अल्टिमेटम दिएकै बेला डीन बन्ने दौडमा डा. ज्योति शर्मा समेत थपिएको चर्चा चलेको थियो ।

यसबारेमा स्पष्ट पार्दै शर्माले डीन बन्न वा बनाईदिन अहिलेसम्म आफू कतै नगएको र कसैलाई नभनेको भन्दै आफू दौडमा भएको कुरा मिडियाबाटै थाह पाएको बताइन् । ‘मै आफै छक्क परेकी छु केही मिडियामा म डीन बन्ने चलखेलमा लागेको भन्ने कुरा आएको रहेछ । म कसरी चलखेलमा लाग्नु ? तर यदि अफर आयो भने जिम्मेबारीबाट पछि हटदिन । तर सबैको सममति चाहिन्छ,’ नेपाली हेल्थसंग उनले भनिन् ।

बरिष्ठताका आधारमा डीन नियुक्त हुनुपर्ने भन्दै पटक पटक अनसन बसेका डा. केसीको यति बेलाका एक्ला उम्मेदवार प्राडा जगदीश अग्रवाल हुन् । तर केसीको प्रस्तावलाई आफूहरुले नमान्ने भन्दै आइओएमका प्राध्यापकहरुको विभिन्न समूहले विरोध गर्दै आएको छ । त्यसकै विरोधमा कांग्रेस, एमाले, माओवादी निकटका प्राध्यापक संगठनका प्रतिनिधिहरुले डीन कार्यायलमा तालाबन्दी समेत गरेका छन् ।

डा. शर्माले आफू कसैको पक्ष विपक्षमा नलागेको भन्दै तर योग्य सक्षम व्यक्ति हुनुपर्ने पक्षमा आफ्नो जोड रहेको बताइन् । ‘डीन नियुक्ति गर्ने त्रिविको आफ्नै नियम छ । यसमा फलानो योग्य र अयोग्य भन्ने कुरा हुँदैन् र कसैले तोकेकै योग्य र बरिष्ठ हुन्छ भन्ने पनि छैन् । त्रिविमा एक से एक सक्षम र बरिष्ठ व्यक्तिहरु छन्,’ उनले भनिन् ।

त्यसो त आइओएमले तयार पारेको बरिष्ठताको सूचीमा समेत डा. शर्मा अगाडी नै पर्छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *