केयु अन्तरगर्तका मेडिकल कलेजमा एमबीबीएस सिट ४० प्रतिशत विदेशीलाई (सूची सहित )
काठमाडौँ, २५ कात्तिक – काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययन गराउने मातहतका कलेजलाई स्वदेशी र विदेशी विद्यार्थी भर्ना गर्न पाउने संख्या तोकिदिएको छ ।
नेपाल मेडिकल काउन्सिलले तोकेको कुल सिटको आधारमा विश्वविद्यालयले नेपाली लगानी भएका कलेजमा ६० : ४० र विदेशी लगानी भएका कलेजमा लगभग ५० प्रतिशतको अनुपातमा सिट निर्धारण गरेको छ । कलेजहरुलाई पठाएको लिष्टमा डेन्टल तर्फ भने यति नै भनेर सिट तोकिएको छैन् ।
काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले आफूहरुको काम कोटा निर्धारण गरिदिने भन्दै स्वदेशी र विदेशीका लागि सिट बाँडफाड गर्ने काम शिक्षा मन्त्रालय र सम्वन्धित विश्वविद्यालयको भएको बताए ।
काउन्सिलले यसपटक केयु अन्तर्गतका एमबीबीएस पढाउने १० वटा मेडिकल कलेजलाई ९६४ सिट दिएको छ । त्यसमा विश्वविद्यालयले नेपाली र विदेशी विद्यार्थीको लागि कोटा निर्धारण गरेर पठाएको छ । विश्वविद्यालयले पठाएको कोटा अनुसार नेपालीका लागि कुल ५७५ सिट छ भने विदेशी विद्यार्थीका लागि ३५९ सिट दिइएको छ ।
केयु अन्तर्गतका कलेज अफ मेडिकल साइन्सेज भरतपुर र मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले नेपाली र विदेशी विद्यार्थीको अनुपात ५१ र ४९ प्रतिशत बनाएका छन् । देवदह मेडिकल कलेजले नेपाली र विदेशी विद्यार्थी भर्नाका लागि ५० : ५० को अनुपात पाएको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजले भने विदेशी विदार्थीका लागि १२ प्रतिशत मात्रै सिट छुट्याएको छ । अन्य कलेजले भने ६० : ४० को अनुपातमा सिट पाएका छन् ।
हेरौँ केयुले कलेजहरुलाई पठाएको सिट अनुपात :