चिकित्सक लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी प्रकरण : परीक्षा दिनेलाई ४ हजार दिलाउनेलाई १० हजार जरिमाना

doctor arrestedकाठमाडौँ, १७ बैशाख – काठमाडौँ जिल्ला अदालतले नक्कली परीक्षार्थी बनि अर्काको नाममा चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा दिँदा पक्राउ परेका नीरज शर्मा र डा सुशील मण्डललाई दोशी करार गर्दै उनीहरुबाट क्रमश ४ हजार र ७ हजार रुपैयाँ जरिमाना भराउने फैसला गरेको छ । परीक्षाको मर्यादा भंग गरेको आरोपमा नेपाल मेडिकल काउन्सिलले उनीहरु बिरुद्ध मुद्धा दायर गरेको थियो ।

गतवर्ष १२ मंसिरमा स्वयंम्भू सानोभरयाङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको एमबीबीएस लाइसेन्स परीक्षामा शर्मा र डा मण्डलले क्रमश सरोज साह र नविनकुमार यादवको नामबाट परीक्षा दिँन लाग्दा पक्राउ परेका थिए ।

न्यायधीश हेमन्त रावलको एकल इजलासले गत २१ भदौमा गरेको फैसलामा परीक्षा दिन लगाउने व्यक्तिहरुबाट १० १० हजार रुपैयाँ असुल उपर गर्न भनिएको छ ।

नक्कली प्रमाणपत्रको आधारमा चीनमा एमबीबीएस अध्ययन गरी फर्केका साह र मण्डलले क्रमश १२ र ८ पटक सम्म लाइसेन्स परीक्षा उत्तीर्ण गर्न नसकेपछि शर्मा र मण्डललाई परीक्षा दिन लगाई लाइसेन्स लिने सुर गरेका थिए । अदालतले उनीहरुलाई १० १० हजार जरिमाना असुल गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *