दोब्बर बढ्ने ‘क्यालोरी’ घटाउन तिहारमा दोब्बर बढी हिडौँ

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ
डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

विश्वस्वास्थ्य संगठन (डव्लुएचओ)को मापदण्ड अनुसार एक जना व्यक्ति हप्तामा साढे २ घण्टा हिड्नुपर्छ । अर्थात मापदण्डले हप्ताको पाँच दिन ३० मिनेट फुर्तिसाथ हिड्नुपर्छ भनेको छ ।

अझ भनौ ३० मिनेटमा तीन किलोमिटरको दुरी पार गर्नु भनेको छ । फूर्तिसाथ नहिँडे त्यो दुरी पार हुँदैन् । जब फूर्तिसाथ हिडिन्छ शरीरबाट पसिना आँउछ । हो पसिना आउनेगरी हिड्नुपर्छ भनेको हो ।

हिँड्दा अलि अलि सास बढेको होस, पसिना आएको होस, यो त सामान्य अवस्थामा रहँदा अपनाउनुपर्ने मापदण्ड हो । जब हामीबीच दशैँ तिहार र छठ जस्ता पर्वहरु आउछन् हाम्रा मापदण्डलाई हामीले संसोधन गर्नुपर्छ ।

किनभने पर्वका बेला हामी धेरै डाइट लिन्छौ तर कम ‘एक्ससाइज’ गर्छौ । जुन स्वास्थ्यका लागि राम्रो होइन । सामान्य अवस्थाको दैनिक जीवनका लागि  हामीलाई दुई हजार क्यालोरी डाइट चाहिन्छ । तर दशै तिहार जस्तो चाड पर्वमा हामीले लिने भोजनले क्यालोरी दोब्बर नै बढाउन सक्छ ।

किनकी, पर्वका बेलामा प्रसस्त मासुजन्य पदार्थ, मिठाई जन्य पदार्थ, पेय पदार्थहरु लिने गर्छौँ । चिल्लो, गुलियो, नुनिलो पदार्थले क्यालोरी बढाउँछ । अझ तिहारमा कतिपयले दिनभर रातभर समेत बसेर तास खेल्ने चलन छ । अनि तास खेल्दा पनि विभिन्न परिकारहरु मगाएर खाइरहने चलन पनि छ । यसरी लगातार लामो समय बस्दा शरीरलाई झनै असर गर्छ । त्यसैले पनि शारीरिक कसरतको बढी आवश्यक छ ।

runदुई हजार क्लालोरी डाइटले हामी दिनभर खटिएर काम गर्छौँ तर शरीरमा दोव्वर बढी क्लालोरी हुँदा भने हामी कम काम गर्छौँ, बढी आराम गर्छौैँ । यसले शरीर अस्वस्थ हुनेसम्भावना बढछ ।

त्यसैले  तिहार जस्ता चाडपर्वका बेला अरु बेला भन्दा बढी हिडौँ । अरु बेला तीस मिनेट हिडनेले यो पर्वको बेलामा बढी क्यालोरी जम्मा हुने भएकोले एक घण्टा हिडौँ । त्यस्तै मसल्सको व्यायम गरौँ । यसले मुटुरोग संगै मधुमेह, उच्चरक्तचाप, मोटोपना नियन्त्रणका लागि लाभदायक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *