सरकारले निशुल्क उपलव्ध गराएको ७० प्रकारका औषधिको विवरण देखिने गरि राख्न निर्देशन

bivag1-copy

काठमाडौँ, १२ कात्तिक – सरकारले देशभरका सरकारी स्वास्थ्यसंस्थाहरुलाई आफूले उपलव्ध गराएको ७० प्रकारका निशुल्क औषधिको विवरण आम सर्वसाधारणले देखिने गरि राख्न पुन: परिपत्र गरेको छ । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुर्नजागरण महाशाखाले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालहरुलाई निशुल्क औषधिको विवरण देखिने गरि राख्न पुन: परिपत्र गरेको हो ।

अहिले स्वास्थ्य चौकीबाट ३५ प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निशुल्क वितरण हुँदै आएको छ ।

महाशाखाका निर्देशक मोहमद दाउदले कतिपय स्वास्थ्य संस्थामा निशुल्क औषधिको विबरण नराखिएको गुनासो आएपछि पुर्न परिपत्र गरिएको बताए । उनले भने, ‘सबै स्वास्थ्य संस्थामा फ्लेक्स बनाई निशुल्क औषधिको बिबरण खुलाउन भनिएको थियो । कतिपय ठाँउमा पुरानो भयो होला, च्यातियो होला अथवा हरायो होला त्यसैले विवरण नभएका स्थानमा तत्काल विवरणको सूची राख्न भनेका छौँ ।’

त्यसो त सरकारले उपलव्ध गराउने ७० प्रकारका निशुल्क औषधि कहाँ कसरी कति पाइन्छ भन्ने कुरा स्पष्ट नहुँदा सर्वसाधारण अन्योलमा परेको भन्दै स्वास्थ्य मन्त्री गगन थापाले बुझिने गरि जानकारी दिन मातहतका निकायलाई निर्देशन दिदै आएका थिए । सोही निर्देशन अनुसार महाशाखाले पुन परिपत्र गरेको हो ।

सरकारले दुई बर्ष अघि सर्ने तथा नसर्ने रोग गरि ७० प्रकारका औषधिहरु निशुल्क उपलव्ध गराउने निर्णय गरेको थियो । तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रस्तावमा २०७१ भदौ १३ गतेको मन्त्रीपरिषद् बैठकले ७० प्रकारका औषधि निशुल्क दिने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *