आठवटा कडा रोग लागेका यस्ता बिरामीले लिन सक्छन् सरकारी सहुलियत (सूची सहित)
काठमाडौँ, ९ कात्तिक – सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कलसेल एनेमिया जस्ता कडा रोगको उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ ।
तर अहिलेपनि कतिपय नागरिकले यस्तो कस्तो कस्तो रोगको उपचारमा सहुलियत पाइन्छ भन्ने थाह पाएका छैनन् । अझ रोगको कुन अवस्थामा उपचार सहुलियत लिने भन्ने पनि जानकारी लिएका छैनन् ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार ८ वटा रोगको निम्न अनुसारका अवस्थामा आवश्यक प्रमाण जुटाएपछि उपचार सहुलियत पाइन्छ ।
उपचार सहुलियत मिर्गौला बाहेक अन्य रोगका लागि एक लाख रुपैयाँ छ भने मिर्गौलामा प्रत्यारोपणमा दुई लाख र त्यसपछिको औषधि खान भन्दै थप एक लाख रुपैयाँ समेत प्रदान गरेको छ । सरकारले मिर्गौला डायलासिस भने निशुल्क गरेको छ ।
हेरौँ सहुलियत पाउने रोग र अवस्था