निःशुल्क औषधि बिक्री गर्ने सिनियर अहेवलाई स्पष्टीकरण सोधियो

8
Shares

काभ्रे, ८ कात्तिक – निशुल्क औषधि बिक्री गरेको आरोप लागेपछि काभ्रेको तालढुङा स्वास्थ्य चौकीका सिनियर अहेव रामपुकार यादवसंग जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले स्पष्टीकरण माग गरेको छ ।

kavre

यादवले स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीलाई जाँच गरी निःशुल्क दिनु पर्ने औषधीलाई चर्को मुल्यमा बिक्री गरेको समाचार प्रकाशित भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका निमित्त प्रमुख राजाराम अधिकारीले यादवलाई २४ घण्टा भित्र स्पष्टीकरण पठाउन निर्देशन दिएका छन् । यादवलाई पठाएको निर्देशनात्मक पत्रमा भनिएको छ, ‘समाचारमा आएको जस्तो निशुल्क दिनुपर्ने औषधि बिक्री गरेको कुराको बास्तविकता के हो ? पत्र बुझेको २४ घण्टा भित्र आफै उपस्थीत भई लिखित जवाफ सहितको स्पष्टीकरण दिनुहोला” भनिएको छ ।

कार्यालयले निर्धारित समयमा चित्तबुझ्दो जवाफ नआएमा नियमानुसार कारवही गर्न वाध्य हुने चेतावनी पनि पत्रमा दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *