नेपालमा कण्डम बढी खपत हुने सिजन कात्तिक र मंसीर महिना

 

condom

काठमाडौँ, ५ कात्तिक – नेपालमा कण्डमको खपत कात्तिक र  मंसिर महिनामा बढी हुने गरेको देखिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार अन्य महिनामा भन्दा यी दुई महिनामा झण्डै पाँच देखि छ लाख बढी कण्डम खपत हुने जनाएको छ । केन्द्रले अन्य महिनामा औषत २५ लाख खण्डम खपत हुने गरेको जनाएको छ ।

केन्द्रका निर्देशक डा. तरुण पौडेलले आफूहरुले गतवर्ष ३ करोड १२ लाख कण्डम वितरण गरेको बताए । उनले १० महिनामा औषत २५ लाखको दरले कण्डम वितरण हुने गरेपनि कात्तिक मंसिर महिनामा बढेर ३० – ३२ लाख पुग्ने बताए । उनले रोजगारीमा परिवार छोडेर विदेशिएका मानिसहरु चाडपर्वको मौका पारेर घर आउने समय कात्तिक मंसिर हुने भएकोले ती महिनामा कण्डमको खपत बढको बताए ।

यसैबीच स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले फिमेल कण्डमको खपत बढाउनुपर्ने बताएका छन् । उनले अहिलेसम्म मेल कण्डमको मात्रै कुरा हुने गरेको भन्दै फिमेल कण्डमको बारेमा पनि सोच्ने बेला आएको बताए ।

condom1

२२ औँ राष्ट्रिय कण्डम दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्रद्धारा आयोजित कार्यक्रममा बोल्दै सचिव डा उप्रेतीले कण्डमको प्रयोगदर बढाउन थप उपाय अवलम्वन गर्नुपर्ने बताए । एड्स तथा यौनरोग रोक्नुको साथै अनिच्छुक गर्भरहनबाट जोगाउन सबैभन्दा भरपर्दो माध्यम बनेको भन्दै उनले यसमा लाग्न आग्रह गरेका हुन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले कण्डमको महत्व एचआइभी नियन्त्रण गर्न महत्वपूर्ण भएको भन्दै परिवार नियोजनको साधनको रुपमा पनि प्रभावकारी रहेको बताइन् । उनले करोडौँ मान्छेलाई इन्फेक्सन हुन बचाएको भन्दै यसलाई अझ प्रभावकारी रुपमा जनस्तरमा लैजानुपर्ने बताइन ।

कार्यक्रममा ‘वी फर चेन्ज’ नामक गैरसरकारी संस्थाले तयार गरेको कण्डम सम्वन्धी जागरण फैलाउन कण्डम गीत लोकार्पण गरिएको थियो । सो अवसरमा सदस्यहरुले प्रत्यक्ष गाएर समेत सुनाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *