न्याम्सको नर्सिङ प्रमाणपत्र तहमा भर्ना खुल्यो

0
Shares

काठमाडौँ, ५ कात्तिक – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शैक्षिक बर्ष २०७३०७४का लागि नर्सिङ प्रमाणपत्र तहमा विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गरेको छ ।

न्याम्सले नर्सिङ अध्ययनका लागि एसएलसीमा अंग्रेजी, गणित तथा विज्ञान वा हेल्थ साइन्स विषय लिई कूल प्राप्तांकमा न्यूनतम ५० प्रतिशत अंक ल्याई उत्तीर्ण भएका वा ग्रेड प्रणाली अनुसार यी तीन विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्ने सर्त राखेको छ ।

४० सीटका लागि ८ सिट आरक्षीत र बाँकी ३२ सिट खुल्ला रहेको समेत जनाएको छ । फारम भर्न अनलाइनबाट सकिने समेत जनाएको छ ।

हेर्नुहोस सूचना

nursing

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *