औषधि व्यवस्था बिभागको दराजभित्र २५ ग्राम ब्राउन सुगर

bivag
काठमाडौँ, १२ असोज – प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले बिजुलीबजारस्थित औषधि व्यवस्था विभागबाट झन्डै २५ ग्राम ब्राउन सुगर फेला पारेको छ ।

ब्यूरोबाट खटिएको टोलीले विभाग भित्रको उद्योग शाखामा रहेको एक दराजबाट ब्राउन सुगर फेला पारेको हो । उक्त दराज नेपालगन्जमा रहेको पानस फर्मास्यु्टिकल्सको हो ।

ब्यूरोले केहीदिन अघि सिनामंगलबाट लागूऔषधसहित नियन्त्रणमा लिएका एक व्यक्तिको बयानका आधारमा मंगलबार विभागमा छापा मार्दा थप २५ग्राम ब्राउन सुगर फेला पारेको हो ।

पक्राउ परेका सुशील गुप्ता पानसकै कर्मचारी हुन् र उनलाई प्रहरीरले हिजो दिउसो ३ बजे बिभागबाट पक्राउ गरेका हो ।

विभागले उद्योग शाखामा औषधि कम्पनीहरुलाई औषधिको नमूना राख्न छुट्टाछुट्टै दराज दिएको हुन्छ र तिनैमध्ये एक दराज पानसले प्रयोग गर्दै आएको थियो ।

प्रहरीले गुप्ताविरुद्ध लागूऔषध अपराधअन्तर्गत मुद्धा चलाएको छ । उद्योगहरुलाई दिइएको दराजको साँचो दुइवटा हुने र एक वटा बिभागसंगै हुन्छ । बिभागले साँचो आफूसँग नहुने उल्लेख गर्दै पन्छने प्रयास गरेको छ भने उद्योगलाई उपलब्ध गराएको कुन दराजमा के सामान राखिन्छ भन्ने जानकारी विभागसँग नहुनु आश्चर्यको कुरा भएको प्रहरी ब्यूरोको भनाई छ ।

 पानस फर्मास्यु्टिकल्सका बजार निर्देशक नरेश श्रेष्ठले यो प्रकरण गुप्ताको व्यक्तिगत कुरा भएको उल्लेख गर्दै उनलाई कम्पनीले निलम्बन गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *