न्याम्सको सिनेट बैठक आकस्मिक रुपमा आज बस्दै, मनमोहनको विषय प्रमुख एजेण्डा

0
Shares

nams

काठमाडौँ, ८ असोज – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको आकस्मिक सिनेट बैठक आज बस्ने भएको छ । दिउसो तीन बजेदेखि बस्ने सिनेटले समसामयिक विषयमा निर्णय गर्नसक्ने भनिएको छ । यद्धपी विषय खुलाइएको छैन् ।

स्रोतका अनुसार प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई न्याम्स अन्तर्गत ल्याउने कार्ययोजना बनाउन आजको बैठक केन्द्रित गर्न खोजिएको छ । मनमोहन लगायतका विषयमा तत्काल ठोस निर्णय नगरे डा गोविन्द केसीले १० असोजबाट नवौ चरणको अनसन सुरु गर्ने चेतावनी दिएपछि न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री गगन थापाले आकस्मिक रुपमा सिनेट बैठक डाक्न लगाएका हुन् ।

‘आज बस्न लागेको आकस्मिक बैठक हो । आजको बैठकका लागि गत ४ असोजमा निर्णय गरिएको थियो चार दिनमै हामीले बैठक गर्दैछौँ । बैठकको विषय समसामयिक नै हो,’  न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले बताए ।

त्यसो त सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई मनमोहन अधिकारी चिकित्सा विज्ञान प्रतिष्ठान बनाएर प्रस्तावित मनमोहन कलेजको सम्पूर्ण स्वामित्व आफूले लिने तयारी गरेको छ । सम्भवत आजको बैठक त्यसैमा केन्द्रीत हुन्छ होला । एक सिनेट सदस्यले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *