नक्कली आरोपित आठ डाक्टरलाई सफाइ

 

parsa_adalat
विरगञ्ज, ६ असोज – गत असार १९ गते जिल्ला अदालत पर्सामा शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा प्रहरीको सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेका आठजना चिकित्सकले सफाइ पाएका छन् ।

२० असारमा आठैजना चिकित्सकसंग जनही २ लाख देखी ३५ लाख सम्म धरौटी माग गरी तारेखमा छोडिएको थियो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी नठहर्ने भन्दै आठजना चिकित्सकलाई सफाइ दिएको हो ।

सिआइबीको टोलीले असारको पहिलो साता वीरगंजमा कार्यरत डा।रामकुमार प्रधान, डा. इर्सादुल हक, डा. कुशराज गिरी, डा. सरोज सिंह, डा. पन्नालाल पटेल, डा. दिनेशकुमार तेली, डा. निमेष पाल रमन र डा. रूहुल्लाहलाई नक्कली शैक्षिक प्रमाणपत्र भएको कसुरमा पक्राउ गरी पर्सा जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

सो मुद्दामा प्रतिवादी चिकित्सकको तर्फबाट कानुन व्यावसायीहरू सुधीर कर्ण, प्रमोद साह, रामनारायण कुर्मी र हरिकृष्ण अधिकारीले बहस गरेका थिए भने वादीबाट जिल्ला न्यायाधिवक्ता सूर्यप्रसाद सुवेदीले बहस गरेका थिए । उनिहरुको कसुर प्रमाणित हुने आधार नभएको भन्दै सफाइ दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *