विपी कोइराला नेत्र अध्ययन केन्द्रमा प्राडा आनन्दकुमार शर्मा

aanand-ku-sharma

काठमाडौँ, ३ असोज – त्रिवि शिक्षण अस्पताल परिषरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्याकारी निर्देशकमा बरिष्ठ नेत्र विशेषज्ञ प्राडा आनन्दकुमार शर्मा नियुक्त भएका छन् ।

यसअघिका निर्देशक प्राडा देवनारायण शाह उमेरहदका कारण सेवा निबृत्त भएपछि दोस्रो बरियताका प्राडा शर्मा नियुक्त भएका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको सिफारिसलाई त्रिवि कार्यकारी परिषदले स्वीकृत गर्दै प्राडा शर्मालाई गत ३१ भदौ देखिनै लागू हुने गरि नियुक्ति दिएको थियो ।

यद्धपी प्राडा शर्माले आइतबार देखि औपचारिक रुपमा पदवहाली गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *