नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ट्रमा सेन्टरका डा. सन्तोष झा विरुद्ध विशेष अदालतमा मुद्धा

CIAA-office-building

काठमाडौँ, ३१ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा शैक्षिक प्रमाणपत्र पेश गरी ओहोदा तथा लाभ सुविधा लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सन्तोषकुमार झा विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले डा. झा विरुद्ध आइएस्सीको प्रमाणपत्र नक्कली पेशगरी एमबीबीएस अध्ययन गरेको , नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएको तथा सरकारी सुविधा लिएको आरोप लगाएको छ । डा. झा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले सञ्चालन गरेको अप्रेशन क्वाकमा पक्राउ पर्ने मध्येका एक हुन् ।

सरकारी सेवाका कार्यरत भएकाले अख्तियारले डा. झा विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ १ बमोजिम सजाय हुन माग दावि गरेको छ ।

अख्तियारले आरोपपत्रमा डा. झाले इन्टरमिडियट एजुकेशन काउन्सिल पटना अन्तर्गतका राम निरन्जन जनता महाविद्यालय रामपुर मधवापुर मधुबनीबाट सन १९९४ मा उत्तीर्ण गरेको भनेको आइएस्सीको प्रमाणपत्र नक्कली भएको दावी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *