आरक्षणको विरोधमा विद्यार्थीहरुको अधरातमा प्रदर्शन , प्रहरीद्धारा लाठि चार्ज
काठमाडौँ, २७ भदौ – मेडिकल शिक्षामा आरक्षण लागू गर्ने त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठि चार्ज गरेको छ ।
आइओएमका निमित्त डिन प्राडा विमल सिन्हा सहितको टोलीले यसै शैक्षिक सत्र देखि आरक्षण लागू गर्ने गरि मधेशी, आदिवासी जनजाती लगायतका विद्यार्थीसंगठनसंग सम्झौता गरेका थिए ।
त्यसैको विरोधमा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको अगुवाईमा मंगलबार अपरान्हदेखि आइओएम परिषरमा विद्यार्थीहरुले नाराबाजी सहित धर्नाका कार्यक्रम सुरु गरेका थिए ।
धर्नामा बसेका विद्यार्थीहरुलाई प्रहरीले लाठि चार्ज गरेको हो । सो क्रममा १० जना बढी विद्यार्थी घाइते भएको बुझिएको छ ।