‘अस्पताल आएका बिरामीले कुनै पनि बाहनामा बाहिरिनु नपर्ने व्यवस्था मिलाउनुस’

0
Shares

kanti2

काठमाडौँ,२८ भदौ – स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालमा आएका विरामी उपचार नपाएर बाहिरिन नपर्ने व्यवस्था मिलाउन कान्ति अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले कान्तिमा आएका कतिपय विरामीले बेड नभएर, आइसियु नभएर वा पैसा नभएर बाहिरिनु परेको गुनासा आफूले सुनेको भन्दै त्यस्तो समस्याको तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन् ।

मंगलबार कान्ति अस्पतालको निरीक्षणमा गएका मन्त्री थापाले अस्पतालको सेवा सुदृड गर्न सय दिने कार्ययोजना पेश गर्न समेत निर्देशन दिएका छन् । ‘मेरो यो निर्देशन होइन, आग्रह हो । तपाईहरु प्रति मेरो पूर्ण विश्वास पनि छ । चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिदै उनले भने, ‘तपाईँहरुलाई काम गर्नलाई के ले अप्ठेरो पारेको छ त्यो कुरा हामीलाई भन्नुस त्यसमा सहयोग गर्नेछौँ ।’

kanti

सोही कार्यक्रममा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले अस्पतालको सेवा सुविधा बढाउनका लागि मन्त्रालय सकारात्मक सहयोग गर्न चाहिरहेको भन्दै योजना बनाई ल्याउन निर्देशन दिए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा अजित रायमाझी, बरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल, डा. आरपी चौधरी लगायतले अस्पतालका योजना, भइरहेका कार्यका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा मन्त्री थापा र सचिव डा. उप्रेतीको टोलिले अस्पतालका आकस्मिक कक्ष, ओपिडी कक्ष, एनआईसियु, तथा क्यान्सररोग युनिटको निरीक्षण गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *