चिकित्सक संघको निर्वाचन परिणाम : १२ पदमा प्रजातान्त्रिक, एक पदमा पेशागत समावेशी

vote-kati1-copy

काठमाडौँ, २७ भदौ – नेपाल चिकित्सक संघको (२०७२-७५) कार्यकालका लागि नेतृत्व छनौटगर्न भएको निर्वाचनमा यसपटक पनि प्रजातान्त्रिक समूह नै हावी भएको छ । यद्धपी समावेशी समूहले एक सिटमा बाजी मारेको छ ।

प्रजातान्त्रिक समूहले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव, सहकोषाध्यक्ष र ६ वटै सदस्य पद आफ्नो पक्षमा पारेको छ । यता पेशागत समावेशी समूहले भने कोषाध्यक्ष पदमा मात्रै चित्त बुझाउनुपरेको छ ।

यसअघिका निर्वाचनमा प्रजातान्त्रिक समूहकै हावी हुने गर्दथ्यो तर निर्वाचनमा एउटै समूहबाट बागी उम्मेदवार हुँदा केही पदका लागि चुनाव हुने गर्दथ्यो । तर यसपटक दुई फरक समूह चुनावी मैदानमा उत्रिएको थियो ।

अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठले समावेशी समूहका डा रमेश ढकाललाई ५२० मतले पछि पारे । त्यस्तै बरिष्ठ उपाध्यक्षमा डा ढुंडीराज पौडेलले समावेशी समूहका डा सन्तोष पौडेललाई ५१० मतले उछिन्दै विजयी भए ।

उपाध्यक्षमा पनि प्रजातान्त्रिक समूहकै डा मुकुन्द दाहाल समावेशी समूहका डा शिबेन्द्र झालाई ३५८ मतले पछि पार्दै विजयी भए । महासचिव पदमा प्रजातान्त्रिक समूहका डा लोचन कार्कीले समावेशी समूहका डा अजयकुमार मिश्रलाई ५८२ मतले पछि पार्दै निर्वाचित भए । यसपटकको चुनावमा सबैभन्दा फराकिलो मतले बिजयी हुने डा कार्की ठहरिए ।

कोषाध्यक्षमा भने प्रजातान्त्रिक प्यानलको जीतलाई भंग गर्ने गरि समावेशी समूहकी डा रक्षा श्रेष्ठले बाजी मारिन । उनले प्रजातान्त्रिक समूहकी डा रश्मीप्रसाद यादवलाई २१० मतले पछि पार्दै विजयी सुनिश्चित गरिन् ।

यसपटक स्वतन्त्र रुपमा महासचिवमा पदमा उम्मेदवारी दिएका डा पुष्पमणी खरालले पनि राम्रै मत ल्याएका छन् । उनले समावेशी समूहका महासचिव डा अजय मिश्र भन्दा केवल ६ मत कम ल्याएका थिए ।

सह सचिव र सह कोषाध्यक्षमा पनि प्रजातान्त्रिक समूहले बाजी मारेको छ भने सदस्यका सबै ६ वटै पदमा प्रजातान्त्रिक समूह निर्वाचित भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *