डा. गोविन्द केसीले दिए नवौँ अनसनको चेतावनी

dr-kc1
काठमाडौँ, २५ भदौ – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै नवौँ चरणको अनशन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले आज पत्रकार सम्मेलन गर्दै आफूसँग भएको सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौँ चरणको अनशन बस्ने चेतावनी दिएका हुन् ।

उनले चिकित्सा शिक्षा ऐन नआउँदा आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवेदन विपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने खोजिएको आरोप लगाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअधियोग लगाउनु पर्ने आफ्नो माग सुनुवाई हुनुको साटो सार्वजनिक महत्वको प्रस्तावमाथि समेत छलफल नभएको तथा चिकित्सा शिक्षा ऐन अघि नबढेको विज्ञप्तिमा उल्लेख छ ।

dr-kc

kc1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *