विशेष अदालतद्धारा भ्रष्टाचारको आरोप लागेका बरिष्ठ जनस्वास्थ्य प्रशासक गोदारसहित ६ जनालाई सफाई
काठमाडौँ, २३ भदौ – विशेष अदालतले औषधि खरीदमा भ्रष्टाचार गरेको आरोप लागेका जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका तत्कालिन प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक केहरसिंह गोदारसहित ६ जनालाई सफाई दिएको छ ।
सफाई पाउने अन्य कर्मचारीहरुमा लेखाअधिकृत पूर्णप्रसाद रेग्मी, लेखापाल लक्ष्मीकान्त शर्मा, स्टोरकिपर नासु लक्ष्मीभक्त उपाध्याय, स्टोरकिपर नासु कृष्णप्रसाद ढुंगाना र औषधि आपूर्तीकर्ता मेडिको फर्माका सञ्चालक जगन्नाथ ओझा रहेका छन् । न्यायधीश भुपेन्द्र राई सहित तीन जनाको इजलासबाट गत २० भदौमा सफाई पाएका हुन् ।
अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सप्लायर्ससंग मिलोमतो गरी औषधि खरीद गरेको, औषधि खरीद नै नगरी झुटा विल पेश गरेको लगायतका आरोपमा गतवर्ष २३ चैतमा उनीहरु विरुद्ध करीब ६८ लाख हिनामिना गरेको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको थियो । चितवनमा रहँदा हिनामिना गरेको आरोप लागेका १० औ तहका गोदार त्यसबेला जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रमुख थिए ।
सफाई पछि विहीबार नेपालीहेल्थसंग कुरागर्दै गोदारले १७ महिना पछि न्याय पाएको बताए । सफाई पाएकाहरु अहिले मन्त्रालयमा हाजिर भएका छन् ।
वधाई छ सम्पर्ण टिमलाई
असलको असल नतिजा । समय लाग्न सक्छ ।धैर्य गर्नु पर्छ ।