छुट्टा-छुट्टै आरोपमा अख्तियारद्धारा दुई डाक्टरबिरुद्ध मुद्धा दायर

0
Shares

CIAA-office-building

काठमाडौँ, २१ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा छुट्टै आरोपमा दुई डाक्टरविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मुद्धा पर्नेहरुमा स्वास्थ्य मन्त्रालयबाट अवकाश लिइसकेका मेडिकल सुपरिटेन्डेन्ट डा रामशंकर ठाकुर र नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा कार्यरत आठौ तहका डाक्टर सरोजकुमार सिंह छन् ।

अख्तियारले डा. ठाकुर विरुद्ध पदमा रहँदा १ करोड १८ लाख २७ हजार १३ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरि भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

आरोपमा भनिएको छ, डा. ठाकुरले २०४३ असार ४ गतेबाट केन्द्रीय कारागार अस्पतालको मेडिकल अधिकृत पदबाट सेवा प्रवेश गरी २०७२ असोज ७ सम्म सेवामा रहँदाको अवस्थामा पेश गरेको सम्पत्तीको विवरण आयको तुलनामा अमिल्दो देखिएको भनिएको छ ।

उता डा. सिंहलाई भने आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लगाएको छ । सिंहलाई विहार इन्टरमिडियट शिक्षा परिषद अन्तर्गत राधाकृष्ण पुरुषोत्तम लाल धनुका किसान कलेजबाट सन१९९९मा जारी भएको आइएस्सी प्रमाणपत्र नक्कली भएको दावी गरेको छ ।

आरोपपत्रमा भनिएको छ, डा. सिंहले नक्कली प्रमाणपत्रको आधारमा राष्ट्रसेवक मेडिकल अधिकृतमा २०६६ माघ २५ देख िनियुक्ति भई लिएको लाभ तथा सुविधा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर देखिएको दावी गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *