चिकित्सक संघको निर्वाचन : पहिलो दिन नै खस्यो ५० प्रतिशत भोट !

0
Shares

काठमाडौँ, १७ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको आज पहिलो दिन मोफसलका १५ वटा मतदान केन्द्रबाट झण्डै ५० प्रतिशत भोट खसेको छ ।

मोफसलका १५ वटा केन्द्रमा गरी कुल १ हजार ७६३ जना मतदाता थिए । तर शुक्रबार भएको पहिलो दिनको मतदानमा ८६५ जनाले भोट खसालेको ( लाहान रिपोर्ट आउन बाँकी छ ) रिपोर्ट नेपाली हेल्थलाई प्राप्त भएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरले पहिलो दिनको मतदान उत्साहजनक नै पाइएको प्रतिक्रिया दिए । उनले आज छुटेका मतदाताले भोली ( शनिबार)समेत भोट हाल्न पाउने भएकोले मतदानमा सहभागीहुनेको संख्या बढ्ने बताए ।

उनले शुक्रबारको मतदान सबै केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । आज छुटेका मोफसलका मतदाताले भोली समेत भोट दिन पाउनेछन् । यता उपत्यकामा भने २१ देखी २५ भदौसम्म मतदान गर्ने तालिका बनाएको छ ।

दुई दिने निर्वाचनको पहिलो दिन कहाँ कति भोट खस्यो ?

vote aaj copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *