चिकित्सक संघको निर्वाचन : पहिलो दिन नै खस्यो ५० प्रतिशत भोट !
काठमाडौँ, १७ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको आज पहिलो दिन मोफसलका १५ वटा मतदान केन्द्रबाट झण्डै ५० प्रतिशत भोट खसेको छ ।
मोफसलका १५ वटा केन्द्रमा गरी कुल १ हजार ७६३ जना मतदाता थिए । तर शुक्रबार भएको पहिलो दिनको मतदानमा ८६५ जनाले भोट खसालेको ( लाहान रिपोर्ट आउन बाँकी छ ) रिपोर्ट नेपाली हेल्थलाई प्राप्त भएको छ ।
प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरले पहिलो दिनको मतदान उत्साहजनक नै पाइएको प्रतिक्रिया दिए । उनले आज छुटेका मतदाताले भोली ( शनिबार)समेत भोट हाल्न पाउने भएकोले मतदानमा सहभागीहुनेको संख्या बढ्ने बताए ।
उनले शुक्रबारको मतदान सबै केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । आज छुटेका मोफसलका मतदाताले भोली समेत भोट दिन पाउनेछन् । यता उपत्यकामा भने २१ देखी २५ भदौसम्म मतदान गर्ने तालिका बनाएको छ ।
दुई दिने निर्वाचनको पहिलो दिन कहाँ कति भोट खस्यो ?
सम्पर्क इमेल : [email protected]