गंगामायाले स्वास्थ्य मन्त्रीसंग सोधिन्, ‘प्रधानमन्त्रीमाथि कार्वाही हुन्छ ?’

gangamaya

काठमाडौँ, १६ भदौ – आफ्नो छोराको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै विगत २२ दिन देखी आमरण अनसन बसेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीलाई स्वास्थ्य मन्त्री गगन थापाले भेटेका छन् ।

बीर अस्पतालको निरीक्षण गर्ने क्रममा उनले विहीबार आइसियुमा रहेकी गंगामायालाई गएर भेटेका हुन् । सो क्रममा मन्त्री थापाले गंगामायाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । गंगामायाले भने स्वास्थ्य अवस्था जे जस्तो भएपनि आफू छोराको हत्यारालाई कारबाही नहुँदासम्म आन्दोलन नतोड्ने बताएकी थिइन् ।

आफ्नो छोराको हत्यारा प्रधानमन्त्री भएको आरोप लगाउदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल माथि कारबाही हुन्छ भन्दै प्रश्न गरेकी थिइन् । मन्त्री थापाले भने आफूले सबैकुरा बुझेको भन्दै सत्यतथ्य छानवीन गर्न तथा दोशीमाथि कारबाही गर्न आफूले प्रयास गर्ने बताएका थिए । उनले आजैको मन्त्रीपरिषद बैठकमा गंगामायाको माग बारेमा कुरा उठाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *