आगामी पुसबाट थप ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै

health insurance copy

काठमाडौँ, १६ भदौ – सरकारले आगामी १ पुसबाट थप पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ । ती जिल्लाहरुमा पाल्पा, कास्की, म्याग्दी, बैतडी र अछाम रहेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार विस्तारित जिल्लामा १ पुस देखि दर्ता सहयोगी नियुक्ति गर्ने, कार्यालय स्थापना गर्ने, नाम दर्ता गर्ने, तालिम दिने लगायतका कामहरु सुरु गर्ने र १ फागुन देखि बीमा अन्तर्गतको उपचार सेवा नै सुभारम्भ गर्ने तयारी छ ।

समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले चालु आर्थिक बर्षमा वटा जिल्लामा बीमा कार्यक्रम विस्तार गर्ने सरकारको नीति अन्तर्गत पुसबाट ५ वटा जिल्लामा विस्तार गर्न लागिएको बताए ।

समितिले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा बार्षिक प्रतिपरिबार (५ जना)ले बार्षिक २ हजार ५ सय प्रिमियम बुझाएपछि प्रतिव्यक्तिले बार्षिक ५० हजारसम्मको उपचार सेवा निशुल्क पाउछ । परिबारका सदस्यहरु ५ भन्दा धेरै भए प्रतिव्यक्ति प्रिमियम ४२५ रुपैयाँ थपिने र उपचार रकम पनि १० हजारको दरले बढदै जाने व्यवस्था छ ।

चार बर्ष अघि देखि घोषणा भएको स्वास्थ्य बीमा कार्यक्रम गत २५ चैत देखी कैलालीबाट सुरु भएको हो । त्यसयता बाग्लुङ र इलाममा पनि सुभारम्भ भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *