मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडामा कार्यरत डा.रजनी अग्रवाल विरुद्ध मुद्दा
काठमाडौँ, ७ भदौ – मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा कार्यरत डा.रजनी अग्रवाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
डा.अग्रवालले आइ. एस. सी. को प्रमाणपत्र नक्कली बनाइ एमबीबीएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी अस्पतालमा करार नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानविन हुँदा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा मिति २०७२/०१/३० देखि २०७२ असार मसान्त सम्म कार्यरत अग्रवालले नेपाल सरकारको मेडिकल अधिकृत पदमा नियुक्ती एवं बहाल हुने र सो हैसियतले लाभ सुविधा लिने उद्देश्यले बी डि इभिनिङ कलेज पटना, भारत बाट सन् १९९९ मा आइ एस सी प्रथम श्रेणिमा उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ सुविधा समेत लिएकोले अख्तियारले मुद्दा दायर गरेको हो ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिमको कसुर गरेको देखिएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको छ।
सम्पर्क इमेल : [email protected]