काबुल घटनाका घाईतेको उपचारमा लागेको ९१ लाख सरकारले बेहोर्ने
काठमाडौँ, २ भदौ – अफगानिस्तानको काबुल बम आक्रमणमा परि घाइते भएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उपचारका क्रममा लागेको ९१ लाख ६ हजार खर्च सरकराले बेहोर्ने निर्णय गरेको हो ।
गत ६ असारका दिन क्यानेडेली दुतावासमा सुरक्षार्थ काम गर्ने नेपालीहरु चडेको गाडीमा आत्मघाती विस्फोट गराउदा १२ जनाको ज्यान गएको थियो । सो क्रममा ७ जना घाइते भएका थिए । घाइते भएकामध्ये २ जनाको भारतमा उपचार भएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]