कोशी अञ्चलमा क्यान्सर उपचार सेवा पछि पूर्वाञ्चलबासी लाभान्वित

koshi

पथरी (मोरङ), २ भदौ – क्यान्सरको उपचारका लागि पूर्वाञ्चलवासी चितवन र काठमाडौँ धाउने झन्झटबाट मुक्त भएका छन् । कोसी अञ्चल अस्पताल विराटनगरमा क्यान्सरको केमो(थेरापी) उपचार सेवा सुरु गरेपछि पूर्वाञ्चलवासी क्यान्सरको उपचारका लागि काठमाडौँ र चितवन धाउने झन्झटबाट मुक्त भएका हुन् ।

सेवा सुरु गरेको सात महिनामै चार सय भन्दा बढी क्यान्सरका बिरामीले क्यान्सरको उपचार पद्धति (केमोथेरापी) सेवा लिएका छन् ।

सो अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रङ्गीन कठेतका अनुसार अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको चारसय क्यान्सरका बिरामीले उपचारसेवा लिएका हुन् । सो अस्पतालले सेवा सुरु गरेपछि यतीखेर दैनिक ६ देखि आठजना क्यान्सरका बिरामीले उपचार पाइरहेको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलको भनाइ छ । अस्पतालले गतबर्ष माघदेखि केमोथेरापी उपचार सेवा सुरु गरेको थियो ।

क्यान्सरको उपचारका लागि विशेषज्ञ डा सौगात पौडेल, रङ्गीन कठेतले उपचारसेवा दिँदै आएका छन् । महिलामा पाठेघरको मुखको क्यान्सर र छातीको क्यान्सरको उपचार गरेको डाक्टर रंगीन कठेतको भनाइ छ ।

सो अस्पतालले क्यान्सरको उपचार, केमोथेरापी, रेडिएसन, हार्मोनल थेरापी र इम्युन थेरापी पद्धतिबाट उपचार गर्दै आएको क्यान्सर विशेषज्ञ डा कठेतको भनाई छ ।

सो अस्पतालमा पुर्वाधार अभावले जटिल उपचार सम्भव नभएपनि केमोथेरापी क्यान्सर रोकथामको उपचारसेवा सुरु भएपछि पूर्वाञ्चलका क्यान्सर पीडितलाई सहज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन पोखरेलले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *