नक्कली आरोपित चिकित्सकलाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन, स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौँ, ३० साउन – नक्कली आरोपित चिकित्सकलाई विरामी जाच्नबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।prachada

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री दाहालले आइतबार विहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई फोन गरि छानवीनमा परेका चिकित्सकको लाइसेन्स निलम्वन गरि विरामी जाँच्न जानबाट रोक्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका सदस्य प्रकाश दाहालले बताए ।

यता स्वास्थ्य सचिव डा उप्रेतीले भने नक्कली आरोपित चिकित्सकहरुका गतिविधिबारे प्रधानमन्त्रीले चासो राखेको बताए । ‘निर्देशन भन्दा पनि जानकारी लिनुभएको हो । मिडियामा नक्कली चिकित्सकले विरामी जाँचे भन्ने खबर आइरहेको छ । बास्तविकता के हो ? यसको समाधान कसरी गर्न सकिन्छ भनेर चासो लिनु भएको थियो,’  नेपाली हेल्थसंग डा. उप्रेतीले भने ।

प्रधानमन्त्रीको चासो पछि स्वास्थ्य सचिव डा. उप्रेतीले सोही विषयमा आकस्मिक बैठक डाकेका छन् । ‘हामी अहिले सोही विषयमा आन्तरिक छलफलमा छौँ,’ डा. उप्रेतीले भने , ‘सरकारी संस्थामा काम गरेका डाक्टरलाई के गर्ने, निजी अस्पतालमा काम गरेका डाक्टरलाई के गर्ने , अहिलेको अनुसन्धान कहाँ पुगेको छ ? यसको समाधान के हुनसक्छ आदिका विषयमा छलफल गरिरहेका छौँ । त्यसपछि आवश्यक कदम चालिएला ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *