पूर्वराष्ट्रपतिलाई उपचार गर्न सरकारको १० लाख पेश्की

काठमाडौं २८ साउन – सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ। अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति डा. यादवलाई उपचार गराउन बिल प्राप्त भएपछि हिसाब मिलाउने गरी पेस्कीस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

ram baran yadab

पूर्वराष्ट्रपति डा. यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन् । उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा अध्ययन गरेका थिए।

यसअघि यादवको त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्दा पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएको थियो। चिकित्सकको सल्लाह अनुसार परिबारले उपचारका लागि भारत लगेका हुन् ।

उनका साथमा छोरा चन्द्रमोहन र छोरी अनिता छन्। ‘टिचिङ अस्पतालमा परीक्षणका क्रममा बायप्सी गर्नुपर्ने भनिएको थियो,’ स्रोतले भन्यो, ‘समस्या जटिलझैं लागेपछि आफू अध्ययन गरेकै अस्पतालमा जानुभएको हो।’ उनका अनुसार पूर्वराष्ट्रपति यादव २० गते छोराछोरीसहित बिहान ९ः ५० बजे जेट एयरको विमानबाट दिल्ली हुँदै चण्डीगढ पुगेका हुन्।

डा. यादवको आन्द्रामा समेत समस्या रहेको छ। तीन वर्षअघि उनी ठूलो आन्द्रामा देखिएको घाउ उपचारका लागि जापान पुगेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *