भारतमा सुत्केरी विदा साढे ६ महिना !

sutkeri bida

नयाँ दिल्ली २८ साउन – भारतमा महिला कर्मचारीहरुले अव साढे ६ महिना सुत्केरी विदा पाउने भएका छन् । महिला तथा बालबालिका विकास मन्त्रालयले पेश गरेको सुत्केरी विदा सम्वन्धी प्रस्तावलाई विहीबार राज्यसभाले पास गरेपछि सुत्केरी विदा बढेको हो ।

यसअघि केही सरकारी कार्यालयले महिलाहरुलाई ६ महिना सुत्केरी विदा दिएपनि निजी तथा गैरसरकारी संस्थाद्धारा सञ्चालित कार्यालयले भने मुस्किलले तीन महिना सुत्केरी विदा दिने गर्दथे ।

यो नियम दुई सन्तान जन्माउदा मात्रै लागू हुन्छ । यदि तेस्रो सन्तान जन्माइन भने उनलाई सरकारी सुविधा सहितको सुत्केरी विदा ३ महिनाको मात्रै मिल्नेछ । त्यस्तै धर्मपुत्र र धर्मपुत्री बनाउन बच्चा लिने महिलाई समेत तीन महिना विदा दिने व्यवस्था सुरु गरेको छ ।

यो नियमले झण्डै १८ लाख महिला कर्मचारीलाई फाइदा पुग्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *