इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा. भीम आचार्य

काठमाडौँ, २५ साउन  – स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेबारी डा. भीम आचार्यले पाएका छन् । यसअघिका निर्देशक डा बाबुराम मरासिनी उमेर हदका कारण गत शुक्रबार विदा भएपछि रिक्त पदमा डा. आचार्यलाई पठाइएको हो ।

dr bhim
डा. भीम आचार्य

यसअघि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा सम्हालेका डा आचार्यलाई गत महिना स्वास्थ्य मन्त्री रामजनम चौधरीले काजमा स्वास्थ्य मन्त्रालय तानेका थिए । उनी मन्त्रालयमा झण्डै एक महिनामा काम विहीन भएर बसेका थिए ।

मंगलबार सचिवस्तरीय निर्णयबाट उनलाई तत्कालका लागि इडीसीडीमा कामकाज गर्ने गरि काज फिर्ता गरिएको हो । ‘बर्खाको बेला छ रोग फैलन सक्छ । नेतृत्वविहीन अवस्थामा सो महाशाखामा राख्ने कुरा आउदैन् । त्यसैले अहिलेलाई काम काज गर्ने गरि काज फिर्ता गरेको हो ‘,सचिव डा. सेनेन्द्रराज उप्रेतीले बताए ।

आचार्यले बुधबारबाटै इडीसीडीको जिम्मेबारी सम्हाल्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *