शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा दुई चिकित्सक पक्राउ

काठमाडौँ, २४ साउन – शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले आइतबार पुन दुई चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिडाट हस्पिटल लगनखेल ललितपुरमा कार्यरत फर्जाना सविहा र शिवपुरी डेन्टल क्लिनिक महाराजगञ्ज काठमाडौँमा कार्यरत किशोर गुरुङ रहेका छन् ।

doctor arrested

सीआईबीले ‘अप्रेशन क्वाक’ अन्तर्गत पक्राउ परेका दुवैजनाको आइएस्सी प्रमाणपत्र नक्कली भएको बताइएको छ । यद्धपी उनीहरुले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स भने लिइसकेका थिए ।

सीआईबीका एसपी दिवेश लोहनीका अनुसार दुवैजनालाई हिजो दिउसो कार्यस्थलबाटै पक्राउ गरिएको हो । सीआईबीले उनीहरुलाई काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्धामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्संगको समन्वयमा सीआईबीले हालसम्म ५६ जनालाई पक्राउ गरि मुद्धा चलाएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *