डेन्टल पढ्न खुराफाती : कांग्रेस सांसदकी छोरी पनि भारतीय बनेर पढेको खुलासा

काठमाडौँ, २३ साउन – नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साहकी छोरी प्रेक्षा साहले बीडीएस अध्ययनका लागि भर्ना हुँदा भारतीय नागरिक बनेको खुलेको छ । तर बीडीएस उत्तीर्ण भएपछि लाइसेन्स लिनका लागि भने उनले बंशजको आधारमा बनेको नेपाली नागरिकता नै पेश गरेकी छन् ।

dental1 copy

उजुरीको आधारमा नेपाल मेडिकल काउन्सिलले बीरगञ्जस्थित एमबी केडिया डेन्टल कलेजमा २०६३/०६४ र ०६४/०६५ व्याजमा अध्ययन गरेका विद्यार्थीको छानवीन गर्दा यस्तो भेटिएको हो । काउन्सिल स्रोतका अनुसार साहले कलेजमा भर्ना हुन भारत विहारको पूर्वीचम्पारण जिल्ला मोतिहारी निवासी प्रेमकिशोर साहको छोरी भएको भन्दै आवासीय प्रमाणपत्र पेश गरेकी थिइन् । तर चार बर्ष पछि सो बीडीएस उत्तीर्ण गरि लाइसेन्स लिने बेलामा उनले बंशजको आधारमा बनाइएको नेपाली नागरिकता पेश गरेकी थिइन । उनको नागरिकतामा ठेगाना सतोषर गाविस वडा नं ४ धनुषा रहेको छ भने बाबुको नाम पनि प्रेमकिशोर साह छ ।

यता चावहिलस्थित हिमाल डेन्टल हस्पिटलका मालिक समेत राजेन्द्रप्रसाद भट्ट पनि भर्नाका बेलामा भारतीय नागरिक बनेर विडिएस अध्ययन गरेको खुलेको छ । उनले त्यतिवेला भारतीय विद्यार्थी भनेर पेश गरेको विवरणमा सुखीढोग चम्पावत गाउ पिथौरागड जिल्ला नैनीताल स्थायी ठेगाना भएको उल्लेख थियो । तर अध्ययन पछि भने काउन्सिलमा लाइसेन्स लिँनका लागि भरेको फारममा भने उनले बंशजको आधारमा बनाएको नेपाली नागरिकता पेश गरेका छन् । उनको नेपाली नागरिकतामा ठेगाना उग्रतारा १ डडेल्धुरा उल्लेख छ ।

भारतीय बनेर पढेकी अर्की विद्यार्थी हुन् आइओएमका पूर्व सहायक डीन भरत की बुहारी पुजाकुमारी झा । उनले लाइसेन्स परीक्षाका बेला भने अंगीकृत नेपाली नागरिकता पेश गरेकी थिइन ।

लाइसेन्स लिन बंशजको आधारमा प्राप्त नेपाली नागरिकता पेश गरेकी विनिता सिंहले भर्नाका बेलामा भने भारतीय भएको प्रमाण पेश गरेकी थिइन् । धर्मपुत्रीको रुपमा आफू भारतीय भएको पेश गरेकी थिइन् । नेपाली नागरिकतामा उनको ठेगाना मठिया ६ रौतहट उल्लेख छ । स्रोतका अनुसार उनी शिक्षा सचिवकी नातिनी हुन् ।

दुई व्याजमा अध्ययन गरेको ६० जना विद्यार्थीको प्रमाणपत्र छानवीन गर्दा २० जनाको प्रमाणपत्र नक्कली भएको पाइएपछि काउन्सिलले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएमआइ)संग विवरण मागेको थियो ।

आइओएमले भने आफूले नागरिकहरुको परीक्षण गर्ने निकाय नभएकोले जे आयो त्यहि आधारमा भर्ना गरेको बताएको छ । आइओएमका सहायक डीन प्राडा शरद वन्तले विदेशी विद्यार्थीलाई भर्नामा परीक्षा दिन नपर्ने छुटका कारण यस्ता गतिविधि भएको बताए । ‘त्यतिवेला यस्तो बदमासि होला भन्ने पनि सोचिएन र हामीले नागरिक हो कि होइन भनेर अनुसन्धान गर्ने कुरा पनि आएन । तर अहिले धेरैले बदमासी गरेको थाह भयो । अव यस्तोलाई के गर्ने भन्ने आइओएम र काउन्सिल बसेर निर्णय गर्छ,’ होला उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *