कोखमै मर्छन् शिशु

बाँके २२ साउन – नियमित गर्भ जाँच नगर्ने र अन्तिम अवस्थामा स्वास्थ्य संस्था बनाउँदा बाँकेमा मृत शिशु जन्मिने क्रम बढेको छ।सुविधासम्पन्न ठूला अस्पतालमा सुत्केरी हुनेहरुमा न्त्यो समस्या बढी देखिएको हो।
गर्भमै मरेको र जन्मेको केही बेरमा मृत्यु हुने घटना बढ्नुको कारण पत्ता लगाउन चिकित्सकलाई मुस्किल परेको छ।
garvapatan
तर धेरैले गर्भपती अवस्थामा हुने हेलचेक्र्याई र नियमित गर्भ जाँच नहुनुलाई मूख्य कारण बताएका छन्। नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा मृत शिशु जन्माउनेको संख्या मासिक १२ देखि २६ सम्म छ।
बितेको वर्ष २ सय ४ वटा त्यस्ता घटना भएको अस्पतालले जनाएको छ। तीमध्ये अधिकांशले मृत शिशु जन्माएका थिए।
घरमै सुत्केरी गराउने, पूर्ण गर्भ जाँच नगराउने र जटिल अवस्थामा भई अन्तिममा मात्र अस्पताल ल्याने गरिएकाले मृत शिशु जन्मिने क्रम बढेको सम्बद्ध चिकित्सकले बताए।
कान्तिपुर दैनिकबाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *