केयु प्रवेश परीक्षा प्रकरण : सुशासन समितिले बोलायो मेडिकल काउन्सिलका पदाधिकारी

20
Shares
फाइल फोटो
फाइल फोटो

काठमाडौँ, १८ साउन – काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिन तर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षामा भएको भनिएको अनियमिता बारे बुझ्न व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिद्धारा गठित छानवीन उपसमितिले बुधबार विहान नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई बोलाएको छ ।

उपसमितिले समितिले आजै मात्रै केयुका सिनेट सदस्य केदारभक्त माथेमासंग बयान लिएको थियो । माथेमाले अख्तियारको हस्तक्षेप हुँदा केयुका पदाधिकारीहरु मौन बसेको भन्दै सिनेट सदस्यबाट राजिनामा दिएका थिए ।

समितिका सचिव जीबराज बुढाथोकीले काउन्सिल पदाधिकारीसंग छलफल पछि मात्रै कारबाही अघि बढाउने वा नबढाउने भन्ने बारेमा जानकारी दिन सकिने बताए । केयु प्राध्यापक संघका दुई प्रतिनिधि सहित मंगलबार विहान साढे आठ बजे समितिको बैठकमा पुगेका  माथेमाले पीजी परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दावी गरेका थिए । उनले त्यसमा हस्तक्षेप स्वीकार्ने केयुका पदाधिकारी समेत उत्तिकै दोशी रहेको बयान दिएका थिए ।

यसअघि समितिले त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीलाई पनि बोलाएको थियो । तर डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई ल्याउन नसक्ने समितिमा आफू नआउने भन्दै ठाडै अस्विकार गरेका थिए । कार्कीलाई भने बोलाउने नबोलाउने भन्ने बारेमा अझै टुंगो लागेको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *