लाइसेन्स परीक्षाको नतिजा : एमबीबीएस र बीडीएस दुबैमा नेपालको पढाई उत्कृष्ठ

mbbs result copy

रामप्रसाद न्यौपाने /काठमाडौँ, १७ साउन – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको एमबीबीएस र बीडीएस तर्फ चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी पढाई नै उत्कृष्ठ देखाएको छ ।

शनिबारको नतिजा अनुसार नेपालबाटै एमबीबीएस र बीडीएस उत्तीर्ण गरी परीक्षामा सहभागी मध्ये क्रमश ८१ प्रतिशत र ७९ प्रतिशत लाइसेन्स प्राप्त गर्न सफल भएका छन् । जवकी लाइसेन्स परीक्षाको कुल नतिजा एमबीबीएस र बीडीएसमा क्रमश ७३.४६ प्रतिशत र ६०.४० प्रतिशत हो ।

त्यसो त शनिबारको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ कुल सहभागी १ हजार २५ मध्ये ५५० अर्थात ५४ प्रतिशत सहभागी नेपालबाट उत्तीर्ण गरेका थिए । त्यस्तै बीडीएसका कुल परीक्षार्थी १४४ मध्ये नेपालबाट उत्तीर्ण गरेका ९९ जना अर्थात ६९ प्रतिशत थिए ।

परीक्षामा एमबीबीएस तर्फ नेपालपछि सवैभन्दा बढी सहभागी भएका चीन अध्ययन गरि फर्केका विद्यार्थीको सफलतादर ५१ प्रतिशत छ । यसपटकको परीक्षामा चीनबाट एमबीबीएस अध्ययन सकेका २३६ जना सहभागी भएका थिए । ती मध्ये १२१ जनामात्रै उत्तीर्ण भएका छन् ।

चीन पछि धेरै विद्यार्थी जाने बंगलादेशको नतिजा भने केही राम्रो देखिएको छ । बंगलादेशबाट एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी १८६ जना मध्ये १४४ जना उत्तीर्ण भएका छन् । कार्गिस्तानबाट एमबीबीएस उत्तीर्ण गरी परीक्षामा सहभागी ५ जना मध्ये १ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै बीडीएस तर्फ नेपाल पछि सबैभन्दा बढी भारत अध्ययन गरेका विद्यार्थी सहभागी थिए । तर त्यहाँबाट बीडीएस उत्तीर्ण गर्नेको लाइसेन्स नतिजा भने निरासा जनक देखिएको छ । कुल २७ जनाले परीक्षा दिएका मध्ये ५ जना अर्थात १९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

भारत पछि बढी पढन जाने बंगलादेशबाट अध्ययन सकि फर्केकाको लाइसेन्स परीक्षाको नतिजा पनि भारतसंग बराबर जस्तै देखिएको छ । यसपटकको परीक्षामा बंगलादेशबाट बीडीएस सकेर आएका १६ जनाले परीक्षा दिएका थिए तर उत्तीर्ण भने ३ जना मात्रै अर्थात १९ प्रतिशत मात्रै भएका छन् ।

फिलिपिन्सबाट बीडीएस उत्तीर्ण गरी सहभागी भएको एक जना समेत लाइसेन्स परीक्षामा गुल्टिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

4 thoughts on “लाइसेन्स परीक्षाको नतिजा : एमबीबीएस र बीडीएस दुबैमा नेपालको पढाई उत्कृष्ठ

  1. पत्रकारजीले के देख्नु भयो ? १०६ जना त फेलै भएको देखिन्छ त यस्तोलाई पनि राम्रो भन्न मिल्छ ?

  2. Nepal ko padhai kattam bhayo vandai aandolan gareka dr gobinda kc haru le bujhnu parcha yaha vanda bahira ko pathai khattam cha. nepali bidhyarthi lai bahir pathaune dalal ko saath ma lager nepal ko medical shikcha tahas nahas banaunu ko kunai artha chaina .. chetana vaya , jaye nepal

  3. let me tell u a secret, our council who takes exam n certify, If u take minimum ethic n standard test of this whole bunch of medical politician run GFN office, I bet they are going to fail. Look, hardly any hospital is running in ethics, hardly few doctors putting people at the centre, this council needs “free of cost treatment from well performing doctors in the world” otherwise many doctors going to ATM (automated to Treat for Money). This is not supposed to happen.

  4. You freak dont you know how to calculate before writing news j man lagyo tehi lekhne look at the mbbs result of Philippines 26 jana ma 24 jana pass cha and one absent where does it stand …

Leave a Reply

Your email address will not be published. Required fields are marked *