डा. केसीसंग सरकारले गरेको सम्झौता खारेजीको माग गर्दै निजी मेडिकल कलेजद्वारा प्रदर्शन

julus

काठमाडौँ, १२ साउन – निजी मेडिकल कजेल सञ्चालकले डा. गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

देशभरका मेडिकल कलेज सञ्चालकले सरकारले डा. केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

स्वदेशका मेडिकल कलेजमा कार्यरता कर्मचारीको रोजीरोटी नखोस्न, निर्धारित मापदण्ड पूरा गरेका मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको भर्ना कोटा नघटाउन, मेडिकल शिक्षालाई गुणस्तरीय बनाउने नाममा स्वदेशी पुँजीर सिर्जनशील जनशक्तिलाई उपेक्षा नगर्न सरकारसँग माग राख्दै प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल कलेज जोरपाटीका सञ्चालक डा. भोला रिजालले निजी मेडिकलमाथि हस्तक्षेप हुन थालेकाले प्रदर्शन गरिएको बताए । उनले ३०० विद्यार्थीलाई आफूहरुले छात्रवृत्तिमा एमबिबिएस पढाइरहेको भन्दै निजी कलेज धरायसी भए स्वदेशी पुँजी पलायन हुने बताए।

प्रदर्शनमा नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कजेज, नेपालगन्ज मेडिकल कलेज, नेसनल मेडिकल कजेललगायत नेपालभरका मेडिकल कलेजका सञ्चालक, कर्मचारी तथा विद्यार्थीको सहभागिता छ ।

julus1

julus2

pardarsan

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *