अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने मागप्रति सांसदहरु असहमत

lok man sing karki
लोकमानसिंह कार्की

काठमाडौँ, ११ साउन – अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने डा गोविन्द केसीको मागप्रति सांसदहरु असहमत देखिएका छन् । उनीहरुले महाअभियोग लगाउनका लागि प्रयाप्त आधार चाहिने भन्दै त्यस्तो आधार नभएको बताएका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्ने लगभग सबै सदस्यले महाअभियोग लगाउने कुनै आधार नभएको बताए । उनीहरुले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिसिनले लिएको परीक्षामा भएको भनिएको हस्तक्षेपबारे भने समिति बनाई छानवीन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अख्तियारका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने बताए । उनले महाअभियोगका लागि कुनै पनि आधार नभएको बताए ।

अर्कासांसद जनकराज जोशीले संवैधानिक रुपमा बलियो भएको संस्थालाई कमजोर पार्ने खेल भएको भन्दै कसैको इविका कारण कसैमाथि महाअभियोग लगाउन नसकिने स्पष्ट पारे ।

सांसद सुशीला नेपालले पनि महाअभियोग लगाउने कुरा हल्लामा मात्रै आएको भन्दै संसदमा यसले प्रवेश नपाउने बताइन् । तर उनले अख्तियारले आफ्ना गतिविधि गर्दा क्षेत्राधिकार ननाग्न सुझाव दिइन् ।

मेडिकल शिक्षामा अख्तियारले हस्तक्षेप गरेको भन्दै डा गोविन्द केसीले अख्तियार प्रमुखलाई महाअभियोग लगाइ हटाउनुपर्ने माग राखेका थिए । तर सरकारी बार्ताटोलीले सो माग संसदको क्षेत्राधिकार भित्र पर्ने भन्दै आफूहरुले केही गर्न नसक्ने स्पष्ट पारेपछि उनी सहमत हुँदै सोमबार अनसन तोडेका थिए ।

आजको बैठकमा बोल्ने अधिकांश सांसदले महाअभियोगको माग राख्ने डा केसीमा व्यक्तिगत इगोे हावी भएको समेत आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *