सुशासन समितिमा भोली हुने भनिएको अख्तियार प्रमुख सहितको छलफल दुई दिन पर सर्यो
काठमाडौँ, ८ साउन – अख्तियार प्रमुखलाई बोलाई काठमाडौँ विश्वविद्यालयको पोष्ट ग्राजुएट्स (पीजी) परीक्षा बारेमा बुझ्ने संसदको सुशासन समितिको आइतबार (भोली) को कार्यक्रम दुई दिन पछाडी सरेको छ । बैठक ११ साउनमा बस्ने बताइएको छ ।
भोली व्यवस्थापिका संसदमा अविस्वासको प्रस्तावमाथि छलफल हुने भएकोले सबै संसदीय समितिहरुको बैठक रोकिएको हो ।
समितिका सभापति मोहनसिंह राठौरलले अख्तियारका पदाधिकारीसंगको छलफल आगामी ११ साउन विहान ८ बजेका लागि तोकिएको जानकारी दिए ।
समितिले शुक्रबार काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पदाधिकारीलाई समितिमा बोलाएर पीजी परीक्षाका बेला अख्तियारले गरेको भनिएको हस्तक्षेपका बारेमा जानकारी लिएको थियो ।
सोही क्रममा केही सांसदहरुले अख्तियारका प्रमुख सहित पदाधिकारीहरुलाई बोलाउनुपर्ने माग राखेपछि भोलीका लागि बोलाउने तय भएको थियो ।
सम्पर्क इमेल : [email protected]