सुशासन समितिले अख्तियार प्रमुख सहित सबै पदाधिकारीलाई बोलायो

0
Shares

susan samiti copy

काठमाडौँ, ७ साउन – काठमाडौँ विश्वविद्यालयको पोष्ट ग्राजुएट्स तहको प्रवेश परीक्षामा भएको भनिएको अनियमितता बारे छलफल गर्न व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बोलाउने भएको छ ।

समितिले केयुको विवादित परीक्षाको बारेमा छलफल गर्न आगामी आइतबार पुन बैठक राखेको र सो बैठकमा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित पदाधिकारीलाई उपस्थित हुन निर्देशन दिएको छ ।

समितिका सभापति मोहनसिंह राठोरले आजको बैठकमा केही कुरा आएको र अख्तियारको विषयमा धेरै कुरा उठेको भन्दै आगामी बैठकमा अख्तियारका पदाधिकारीलाई बोलाई छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

१३ दिन देखी आमरण अनसन बसेका डा गोविन्द केसीको मागमा केयुको स्कुल अफ मेडिकल साइन्सेजको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप भएको भन्दै छानवीनको माग गरेका थिए । सोही अनुसार आज समितिले बैठक बोलाएको हो ।

समिति सभापति राठौरले अनुसार आइतबारको छलफल पछि आवश्यक देखिएमा उपसमिति गठन गरि केयुको परीक्षाको विषयमा छानवीन समेत अगाडी बढाउन सक्ने जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *