डा. केसीका समर्थकद्धारा बानेश्वरमा मौन धर्ना

0
Shares

dharna3

काठमाडौँ, ६ साउन – डा. गोविन्द केसीको अनशनमा सांसदले मौनता देखाएको विरोधमा आज नयाँ बानेश्वरमा उनका समर्थकहरुले मौन धर्ना दिएका छन् ।

‘सोलीडारिटी फर डा. गोविन्द केसी अलायन्स’ले आयोजना गरेको प्रदर्शनमा सयौं डाक्टर, विद्यार्थी तथा सर्वसाधारणको उपस्थित रहेको छ ।उनीहरुले कालो पट्टी बाँध्नुका साथै छातीमा केसीको समर्थन अंकित नारा टाँसेका छन्।

संविधानसभा भवनलाई निषेधित क्षेत्र घोषणा गरिएकाले एभरेष्ट होटलको सामुन्ने लामबद्ध भएर प्रदर्शन गरिरहेको प्रदर्शनकारीहरुले बताए। धर्ना सुरुभएकै स्थानमा भने प्रहरीको बाक्लो उपस्थितले उनीहरुलाई संविधानसभा भवनतर्फ बढ्नबाट रोकिरहेको छ।

dharna

dharna1

dharna2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *