कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित रायमाझी नियुक्त

डा. अजित रायमाझी
डा. अजित रायमाझी

काठमाडौँ, ६ साउन – कान्ति बाल अस्पतालको निर्देशकमा डा. अजित रायमाझी नियुक्त भएका छन् । बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले डा. रायमाझीलाई निर्देशक बनाउने निर्णय गरेको हो । एघारौँ तहका डा रायमाझी कान्तिका प्रमुख बालरोग विशेषज्ञ हुन् ।

यसअघिका निर्देशक डा. चन्द्रेश्वर महासेठले उमेर हदका कारण गत मंगलबार अवकाश पाएका थिए । स्वास्थ्य मन्त्री रामजनम चौधरीले एक दिन पनि ढिला नगरी निर्देशक नियुक्त गरेका हुन् ।

‘जुनसुकै बेला पार्टी सरकारबाट बाहिरिने अवस्था आउनसक्छ । त्यसैले पनि हुनसक्छ सरुवा बढुवा र नियुक्तीका काम फटाफट भइरहेको छ,’  मन्त्रालयका एक अधिकारीले भने, ‘अझै केही नियुक्ति र सरुवाका काम हुनेवाला छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *