डा. केसीका मागमा बारेमा सरकारी बार्ता टोलीले आजैबाट काम थाल्ने

dr gkc copy

काठमाडौँ, ६ साउन – १२ औँ दिन देखी अनसनरत डा. गोविन्द केसीले उठाएका मागका विषयमा बार्ता गर्न गठित सरकारी बार्ताटोलीले आजैबाट काम सुरु गर्ने जनाएको छ । दिउसो पत्र पाउनासाथ डा. केसीलाई भेटी उठाएका माग र भइरहेको प्रगतिबारे समेत जानकारी दिनेछ ।

बार्ता टोली संयोजक डा. सेनेन्द्रराज उप्रेतीले दिन धेरै घर्किसकेकोले कत्ति ढिला नगरी सम्वादलाई अघि बढाउने बताए । ‘सरकारले हिजो बेलुका निर्णय गर्यो तर पत्र हात परिसकेको छैन् । पत्र पाउनासाथ हामीले ढिलाई नगरी काम सुरु गर्छौँ , अहिले विहानै देखी म त्यहि काममा अनौपचारिक ढंगले लागिसकेको छु,’ डा. उप्रेतीले भने ।

डा. केसीको स्वास्थ्यस्थिति बिग्रदै जाँदा हिजो बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले बार्ताको लागि सरकारी टोली गठन गरेको हो । यसअघि हिजैमात्र सभामुख ओनसरी घर्तीले अनसनस्थल पुगी डा केसीको स्वास्थ्य अवस्था बुझेकी थिइन् ।

अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री रामजनम चौधरी तथा स्वास्थ्य सचिव डा. उप्रेतीलाई बोलाई डा. केसीको स्वास्थ्य अवस्था, अनसन तोडाउन सरकारले गरेका कामका विषयमा जानकारी लिएकी थिइन् ।

मेडिकल शिक्षा सुधारका लागिभन्दै ४ वुँदे माग अघि सारेर १२ दिन अघिबाट आमरण अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *