चिकित्सा शिक्षा ऐन पास गराउनमा जोड दिऔँ : डा. भगवान कोइराला

dr bhagawan

काठमाडौँ, २९ असार – उच्चस्तरीय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा भगवान कोइरालाले सकेसम्म छिटो चिकित्सा शिक्षा ऐन पास हुनुपर्ने बताएका छन् । उनले डा गोविन्द केसीका अधिकांश माग ऐनले नै समेटने भन्दै अल्पकालिन तथा दीर्घकालिन समाधानका लागि पनि ऐन पास गर्नुपर्नेमा जोड दिएका हुन् ।

बुधबार नेपाली हेल्थसंग कुरागर्दै डा कोइरालाले डा केसीको पछिल्लो अनसन ऐन पास र कार्यान्वनयमा केन्द्रीत भए राम्रो हुने बताए । उनले सम्वैधानिक निकायका प्रमुखमाथि लगाएको आरोपमा भने आफ्नो ‘रिर्जब’ रहेको बताए ।

‘दोस्रो नम्बर बुँदामा मेरो कुनै कमेन्ट छैन र मैले बोल्ने कुरा पनि होइन । संवैधानिक निकायका प्रमुखमाथि यो प्रकारले हटाउनुपर्छ भनेर अनसन बस्न मिल्छ कि मिल्दैन त्यो मैले भन्ने कुरा पनि होइन’  उनले भने ।

डा. कोइरालाले ऐन माथेमा आयोगले बुझाएको प्रतिवेदनको आधारमा टेकेर बनेको स्पष्ट पार्दै डा. केसीले ऐनमा धेरै कुरा छुट्यो भन्नु तर्कसंगत नरहेको बताए । ‘मैले सुनेको छु ऐनमा केही कुरा थप्नुपर्छ भन्नुभएको छ रे त्यस्तो होइन् । ऐनले सबै कुरा समेटेको छ । केही कुरामा हामीले रिर्जव राखेका पनि छौँ । किनकी ऐन सबैलाई समेटने खालको हुनुपर्छ हामीले त्यहि गरेका हौँ ‘ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *