नर्सिङ लाईसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण (नतिजा सहित)

nepal nursing councilकाठमाडौँ,२० असार – नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)परीक्षामा ६९.७९ प्रतिशत उत्तीर्ण भएका छन् । यसपटक परीक्षामा १ हजार ६१८ जना सहभागी थिए ।

परिषद्का अनुसार यसपटकको लाइसेन्स परीक्षाका लागि बीएस्सी नर्सिङ र पीसीएल नर्सिङ गरी कुल १ हजार ६३६ जनाले फारम भरेका थिए । यद्धपी शनिबारको परीक्षामा १८ जना अनुपस्थित भएका थिए । कुल १ हजार ६१८ जनाले परीक्षा दिएकोमा १ हजार ११३ जना उत्तीर्ण भएका छन् । ५०५ जना भने अनुत्तीर्ण भएका छन् ।

परिषद्का अध्यक्ष प्राध्यपक चन्द्रकला शर्माले यसपटकको नतिजा पनि अघिल्ला अघिल्ला परीक्षाको नतिजा जस्तै भएको प्रतिक्रिया दिइन् । उनले यसपटक भारतबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर आएका ४ सय भन्दा बढीले परीक्षा दिएको समेत बताइन् ।

परिषद्ले नर्सिङ विषयका विभिन्न तह उत्तीर्ण गरेका विद्यार्थीलाई नाम दर्ता अर्थात लाइसेन्स लिनका लागि बर्षमा तीन पटक परीक्षा लिने गर्दछ । यो परीक्षामा उत्तीर्ण भएपछि मात्रै आधिकारिक रुपमा नर्सको दर्जा पाइन्छ । शनिबारको परीक्षा काउन्सिलको १३ औँ परीक्षा हो ।

हालसम्म ३७ हजार ६५२ नर्स, २५ हजार ३५८ अनमी र ८११ जना विदेशी नर्स गरी ६३ हजार ८६१ जनाले परिषद्मा नाम दर्ता गराएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *